तुलसीपुर, भदौ १४ । दाङमा डुवेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
घोराही नगरपालिका वडा नं। १७ धोब्बे निवासी विष्णु विकको २ बर्षे छोराको घर नजिकै कुलोमा डुवेर मृत्यु भएको छ ।
ती बालकको शनिवार डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै घोराही १३ तेरनीस्थित कुलोमा डुवेको अवस्थामा तुलसीपुरका एक व्यक्ति मृत फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ अक्कासी निवासी ४० बर्षीय तेजबहादुर खड्का पत्रे फाल्ने खोलाको खेतमा जाने कुलोमा डुवेको अवस्थामा मृत फेला परेका छन् । खड्का शनिवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
दुबै घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार