२०८३ असार ७ गते आइतवार

घोराहीमा लक्ष्मी बैंकका ४ सहित १० जनालाई कोरोना पुष्टि


घोराही, भदौ १३ । घोराहीमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । घोराही उपमहानगरपालिका–८ का २५ बर्षीय पुरुष, घोराही १० नारायणपुरका का २५, ३० र ३२ बर्षीय पुरुष र ३४ बर्षीय एक महिलामा संक्रमन पुष्टि भएको छ । उनीहरु सबै स्थानीय व्यापारी रहेको खुल्न आएको छ ।

घोराही–११ का ५३ बर्षीय पुरुष, घोराही–१५ का २०, ४२, ५४ र ५७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

घोराहीमा ७५ जनाको स्वाव परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कन्ट्याक ट्रेसिङका आधारमा स्वाव संकलन गरि परिक्षण थप १० जनामा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिएका छन ।

तुलसीपरबाट स्वाव संकलन गरिएको घोराही–१५ का ३२ बर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ७ सय ६७ जना पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *