रुपन्देही,भदौ १२ । बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा एक जना कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको गएराति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए ।
भेन्टिलेटरमा उपचाररत उनलाई गएको सात गते भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा ३६ घण्टाको अवधिमा तीन जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ ।
यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ८९ पुगेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार