२०७८ बैशाख २५ गते शनिवार

बीपी प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

भदौ १२ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिला रहेका छन ।

८३ वर्षीय पुरुषको बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।८३ वर्षीय वृद्धलाई भने विर्तामोडस्थित बिएनसी अस्पतालबाट रिफर गरिएको थियो। उनी मृगौला पीडित समेत रहेकाले डायलासिस गराउँदै आएका थिए। उनमा गत ३ गते कोरोना पोजेटिभ देखिएको थियो।

मोरङकी महिलालाई भने कोसी अञ्चल अस्पतालबाट रिफर गरिएको थियो। उनमा पनि ज्वरो, सास फेर्न गाह्रो र संक्रमण पुष्टि भएपछि थप उपचारका लागि प्रतिष्ठान ल्याइएको थियो। उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *