बुटवल, भदौ १० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको स्कर्टिङमा खटिने तीन सुरक्षाकर्मीलाई कोरोना संक्रमण फेला परेको छ । जसमा एकजना हवल्दार र दुईजना प्रहरी जवान रहेका छन् ।
मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब परीक्षण गर्ने क्रममा उनीहरुमा मंगलवार संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार