२०८१ माघ १२ गते शनिवार

एक महिलाद्धारा शरीरमा मट्टितेल छर्केर आत्मदहाको प्रयास

दाङ, भदौ ९ । एक महिलाले शरीरमा मट्टितेल छर्केर आगो लगाई आत्मदाहाको प्रयास गरेकी छन् ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं। २ निवासी २६ बर्षीया सर्मिला थापाले आफै आफ्नो शरीरमा आँफै मट्टीतेल छरेर आगो लगाई आत्महत्याको प्रयास गरेकी हुन ।
भदौ ७ गते मध्यान्हः १२ बजेतिर थापाले शरीरमा आगो लगाउँदा घाइते भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।

प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारले घाइते थापाको हाल पाल्पा जिल्लाको मिसन अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

त्यस पूर्व घाइते थापाको रुपन्देहीकै एक मेडिकलमा प्रारम्भीक उपचार भएको थियो ।

थापाले विगत दूई वर्ष अगाडिदेखि मानसिक औषधी सेवन गर्दै आएको एसएसपी बैदवारले बताए ।

उनले घटनावारे थप अनुसन्धान जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *