२०८२ कार्तिक २२ गते शनिवार

प्यूठानमा सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारको लडेर मृत्यु

दाङ, भदौ ९ । प्यूठानमा एक जना सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारको लडेर घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको नगरपालिका वडा नं। २ साढेखोला निवासी बरिष्ठ प्रहरी हवल्दार ३५ बर्षीय द्रोर्णकुमार विष्टको लडेर घटनास्थलमै मृत्यु भएको छ ।

घर विदामा आएका विष्टको सोमवार विहान अन्दाजी साढे १० बजेतिर आफ्नै घरको सौचालय जाने क्रममा लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

५ नम्वर प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार विष्ट सशस्त्र प्रहरी बल नं। १६ गण सिन्धुपाल्चोकमा कार्यरत थिए ।

घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *