कास्की,भदौँ ९ । पोखरा महानगरपालिकाभित्र एक पत्रकारसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै महानगरका ३३ मध्ये ३१ वडामा संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २४३ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा मंगलबार गरिएको परीक्षणमा वडा १३ का दुईजना र २९ र ३० मा एक-एकजना सँगै थप सात जना गरी ११ जनामा संक्रमण भएको छ ।
संक्रमित पत्रकार स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने हुन् । उनमा संक्रमणको लक्षण नभएको तर कन्ट्याक ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार