२०८१ बैशाख १३ गते बिहिवार

बाँकेमा कोभिड बिरुद्धका ‘फ्रन्टलाइनर’ दुई बरिष्ठ चिकित्सकलाई संक्रमण

नेपालगन्ज,भदौँ ९ । भेरी अस्पतालका बरिष्ठ चिकित्सक रहेका दुबै जनाले बाँकेमा कोरोना बिरुद्धको अभियानमा रणनीति बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । डा। रिसाल कोरोना उपचारको फोकल पर्सन नै थिए ।

संक्रमण भएपछि मंगलवार बिहान डा। पाण्डेले सामाजिक सन्जालमा लेखे–‘ कोभिड–१९ को बिरामीहरुको उपचारमा रहदाँ म पनि यसबाट अछुतो रहन सकिन । मसँग गत एक हप्ताभित्र सम्पर्कमा आउनुहुने सम्पुर्ण ब्यक्तिहरुले कोभिड–१९ जाँचगर्नु होला ।

म स्वस्थ्य लाभ पछि प्लास्मा डोनेट गर्ने छु । मेरो ब्लड ग्रुप ए पोजिटिभ हो ।’ बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’ मा खटिदै आएका दुई जना चिकित्सकलाई कोरोना संक्रमण भएको छ ।

बरिष्ठ फिजिसियन डा। सांकेत रिसाल र डा। राजन पाण्डेलाई संक्रमण भएपछि आइसोलेसनमा बसेका छन् ।

दुवै जनाले सार्वजनिकरुपमै आफुलाई संक्रमण भएको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी दिएका छन् । यि दुबै चिकित्सक सहित भेरीमा सोमवार अन्य दुई जना कर्मचारीमा कोरोना देखिएको थियो ।

 

 

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *