
दाङ, भदौ ८ । प्रतिवन्धित लागु औषध चरेशसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको डुडुवा गाउँपालिका वडा नं. ४ निवासी ३८ बर्षीय रामजान अली बागबान साढे ३ किलो चरेशसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी सुवाश खड्काका अनुसार गोप्य सूचनाका आधारमा उनलाई डुडुवा गाउँपालिका वडा नं. ४ बाट भदौ ७ गते राति पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेवाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्ति उपर आवश्यक अनुसन्धान जारी रहेको खड्काले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार
