दाङ, भदौ ८ । सल्यानमा तीजको नाच हेरेर फर्किदै गरेकी एक बालिकालाई बाटो ढुकेर जंगलमा लगि जवरजस्ती बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । बनगाड कुपिन्डे नगरपालिका वडा नं. ९ स्वारा निवासी रातो चौतारी निवासी १४ बर्षीया बालिकामाथि बाटो ढुकेर जंगलमा जवरजस्ती बलात्कार गरेको अभियोगमा स्थानीय १८ बर्षीय कुलबहादुर बस्नेत पक्राउ परेका हुन ।
भदौ ६ गते बेलुका ७ बजेतिर जंगलको गोरेटो बाटो एक्लै घर जाँदै गरेकी ती बालिकालाई बस्नेतले जवरजस्ती जंगलमा बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले दोषीलाई सोमवार पक्राउ गरेको जानकारी दिएको छ । सल्यान जिल्ला अदालतवाट म्याद थप भइ बस्नेतमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार