दाङ, भदौ ८ ।प्रहरीले २० ग्राम ब्राउन सुगरसहित सोमवार दूई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना बाँके जिल्लाका छन् भने अर्का भने भारतीय नागरिक हुन । पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ परसनपुरुवा निवासी २२ बर्षीय ओमप्रकाश सिंह र भारतको जिल्ला बहराईच थाना रुपैडिहा गाउँ केबुलपुर निवासी २५ बर्षीय अजय कौलिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी सुवाश खड्काका अनुसार सोमवार दिउँसो साढे ३ बजेतिर नेपालगञ्ज १३ स्थित किसान इट्टा भट्टाबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार