तुलसीपुर, भदौ ८ । सोमवार दाङमा एक बंैकका तीन जना कर्मचारीसहित १४ जना नयाँ संक्रमित थपिएका छन् । घोराहीस्थित लक्ष्मी बैंकका तीन जना कर्मचारीमा संक्रमन पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी २७ बर्षीया एक महिला र वडा नं. १५ का १५ र २८ बर्षीय दूई पुरुषमा संक्रमन फेला परेको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोषन आचार्यका अनुसार शान्तिनगर गाउँपालिकामा थप ११ जनामा संक्रमन पुष्टि भएको छ । संक्रमित मध्य ५ र ९ बर्षका दूई बालिकामा पनि रहेका छन् । त्यस्तै ११, २१, २७, ३१,३०, एक जना ४० बर्षीया महिला, ४० बर्षका पुरुष पुरुषमा पनि संक्रमन पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोषन आचार्यले जानकारी दिए ।
यो संगै दाङमा हालसम्म संक्रमितको संख्या ७ सय २८ पुगेको छ । जिल्लामा हाल ७१ जना सक्रिय संक्रमित रहेको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिए । ती संक्रमित मध्य २९ जना तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा, १८ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा,९ जना घोराहीमा, एक जना बुटवलस्थित धागो अस्पतालमा उपचाररत रहेको चन्दले बताए ।
सोमवार फेला परेका १४ जनालाई पनि आइसोलेसनमा लैजाने तयारी गरिएको चन्दले जानकारी दिए । हालसम्म दाङमा दूई जना कोरोना संक्रमितको मृत्यू भएको चन्दले जानकारी दिए ।