२०८० चैत्र १६ गते शुक्रवार

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

काठमाण्डौ,भदौँ ८ । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

अमेरिकी डलरको मूल्यमा सुधार आएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र नेपालमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

हिजो प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *