दाङ, असोज १२ ।
सुन तोलामा पाँच हजार रुपैयाँले घटेको छ ।
सोमबार एकै दिन पाँच हजारले घटेपछि सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ ।
सुन आइतबार प्रतितोला सात सय रूपैयाँ बढेको थियो ।
त्यसदिन सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि प्रति तोला एक सय ४५ रुपैंयाँले घटेको छ ।
चाँदी तोलामा चार हजार पाँच सय दश रूपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी आइतबार प्रतितोला चार हजार ६ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
