२०८१ बैशाख १५ गते शनिवार

किन मनाउँछन् थारु समुदायले अट्वारी ?

फाइल तस्बिर

तुलसीपुर, भदौ ७ । दाङका थारु समुदायमा आइतबार हर्षौ उल्लास पूर्वक अट्वारी पर्व उल्लासपूर्वक मनाएका छन् । थारु समुदायले ‘माघी’ पछि दोस्रो ठूलो पर्वको रूपमा अटवारीलाई मनाउने गर्दछन् । प्राचिनकालदेखि उनीहरुले यो पर्व मनाउँदै आएका छन् । थारु बहुल क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत लगायतका क्षेत्रका थारु समुदायले दुई दिन अटवारी पर्व मनाउने गर्छन ।अस्टिम्कीमा महिलाहरूमात्रै व्रत बस्छन् भने अटवारीमा पुरुषमात्रै व्रत बस्ने प्रचलन छ।

अटवारी पर्व दाङका थारु राजा दंगीशरण र पाँच पाण्डवमध्ये शक्तिका प्रतीक भीमसँग सम्बन्धित रहेको किम्बदन्तीमा उल्लेख छ।किम्बदन्ती अनुसार पाँच पाण्डव र दाङका थारु राजा दंगिशरणको बीचमा घनिष्ट सम्बन्ध रहेको थियो। एकदिन पाँच पाण्डव र द्रौपदीसहित सबैजना सुर्खेतको काँक्रेबिहारमा घुम्न गए छन् । त्यही क्रममा राजा दंगिशरणको राज्य तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा शत्रुहरूले आक्रमण गरे । त्यो खबर भीमले पाए । आक्रमणको खबर पाउने बित्तिकै तावामा पकाउन राखेको रोटी समेत छोडेर भीम राजा दंगिशरणको पक्षमा लड्न गए। भीमको सहयोगले दंगिशरणले शत्रुरुहरूलाई परास्त गरे ।

थारु संस्कृतविद् अशोक थारुले त्यही जितको खुसियालीमा थारु समुदायमा विजय उत्सव मनाउन सुरू गरेको जानकारी दिए । दंगिशरण गाउँपालिका निवासी थारुका अनुसार अटवारीको पहिलो दिन (अघिल्लो रात) दर खाने गरिन्छ । आइतवार व्रत बसेकाहरूले बेलुकी पख नजिकै जलासयमा गएर स्नान गर्ने गर्छन् । उनीहरु घर गएर बैठक कोठामा गाईको गोबरले लिपपोत गर्छन् । अनि व्रत बसेका पुरुषले गन्यारी जातको काठमा काठ रगडेर शुद्ध आगो बाल्ने गर्छन ।

त्यसैले खाना पकाएर खाने पुरानो प्रचलन छ। त्यसरी बालेको आगोले सबै भन्दा पहिला अलि ठूलो आकारको भ्याँवा रोटी पकाइन्छ । जो एकातर्फ मात्रै पकाइन्छ । महाभारतका एक साहसिक पात्र भीमको प्रतीकको रूपमा पहिलो रोटी भ्याँवा पकान्छ ।त्यो रोटी पकाइसकेपछि मात्रै अरु रोटी पकाउन सुरु हुन्छ । त्यसपछि ३ वा ७ थरिको तरकारी र भात पकाइन्छ । दाइभाइले दिदीबहिनीका लागि आफ्नो भागवाट अग्रासन (पाहुर) छुट्याउँछन् । जसलाई थारुभाषामा ‘कहार्ने’ भनिन्छ । चेलीबेटीलाई छुट्याएको भाग घरमै पु¥याउन जाने प्रचलन अझैैंपनि थारु समुदायमा विद्यमान छ ।

अटवारीको दोस्रो दिन व्रत बसेकाहरु सबेरै उठेर खोलामा गएर नुहाउँछन । अनि उनीहरु घर गएर बैठक कोठामा पुनः लिपपोत गर्छन । त्यसपछि अट्वारीको पहिलो दिन झैं मिठा मिठा खाने कुरा पकाउँछन् । अनि सबै पकाएको खानाबाट आधा भाग चेलीबेटीको लागि छ्ट्याउने गर्छन । भीमको नाममा सबै तरकारी र खानाबाट एक ÷ एक गाँस निकालेर आगोमा पूजा गर्छन । पूजा सकिएपछि मात्रै घरको मुल सदस्यले सबैलाई खाना दिने गर्छन ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *