२०७८ बैशाख २८ गते मङ्गलवार

रूपन्देहीमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु

बुटवल, भदौ ७ ।  कोरोनाभाइरसको संक्रमणबाट आइतबार रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नं। १० रामनगरस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल धागो कारखानामा लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित आइसोलेसन अस्पतालको सघन उपचार कक्ष ९आइसियू० मा उपचाररत् उनीहरूको आइतबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं १ निवासी ६७ वर्षीय महिला र रुपन्देहीको समरीमाई गाउँपालिका(२ मुडुला निवासी ३८ वर्षिीय पुरूष छन्।

उनीहरू दुवै जनाको आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

मृतक महिला साउन ३१ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसँगै उच्च रक्तचाप र मिर्गौलाको समेत समस्या रहेको अस्पतालले जनाएको छ।

मृतक पुरूषलाई भने भदौ १ गते कोरोना संक्रमण पुष्टिसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो।

त्यस्तै रूपन्देहीमा एक पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहका अनुसार रोहिणी गाउँपालिका(२ का ५३ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि बुटवलको निजी प्रयोगशालामा स्वाब संकलन गरी घर गएका उनको आइतबार मृत्यु भएको शाहले जानकारी दिए। उनको मृत्यु भइसकेपछि आएको स्वाबको रिपोर्ट कोरोना पोजिटिभ आएको हो।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

 

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *