२०८१ माघ १२ गते शनिवार

नेपालमा थप ८ सय १८ जनामा कोरोना पुष्टि, २ सय ८१ जना डिस्चार्ज

काठमाडौँ,भदौँ ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ८१ जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ।

हाल देशभर १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन्। ११ हजार ४ सय १४ जना क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *