यमकला भुसाल,तुलसीपुर,भदौँ ७ । तुलसीपुर उपमहानगरपालिकाले विपद् जोखिम न्यूनिकरण गर्ने बारे छलफल गरेको छ ।
दश वर्षे नीति तथा रणनैतिक कार्ययोजना बनाउने बारे तुलसीपुर क्षेत्रका पत्रकार संग आइतवार विपद् व्यवस्थापन शाखा तुलसीपुरले छलफल गरेको हो ।
उपमहानगरपालिकाले यही वर्षदेखि लागु हुने गरि दिर्घकालिन नीति तथा रणनैतिक कार्ययोजना बनाउन त्यस्तो छलफल गरेको विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए ।
कार्यक्रममा कार्ययोजनाका परामर्षकर्ता भुपमणी दाहालले विपद्को दृष्टिकोणले नेपाल जोखिम पूर्ण राष्ट्रको रुपमा रहेको हुँदा तुलसीपुरले पनि दश वर्षे कार्ययोजना निर्माण गर्न थालेको बताए ।
भूकम्पको दृष्टिले नेपाल ११ औँ जोखमि युक्त राष्ट्र मानिन्छ भने जल उत्पन्न प्रकोपको दृष्टिले जोखिम पूर्ण राष्ट्र मानिन्छ ।
उनले नेपाल समग्र विपद जोखिमको हिसावले हेर्दा २० औँ स्थानमा रहेको बताए ।
दाङ जिल्ला पनि बाढी, पहिरो, भुकम्प, चट्याङ्ग, सर्पदंश लगायतका विभिन्न विपद्का हिसावले जोखिमपूर्ण रहेको भन्दै हुँदा पूर्व सजकता अपनाउन थालिएको उनको भनाइ छ ।
बाढी तथा डुवानका हिसावले तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका, लमही नगरपालिका र दंगिशरण गाउँपालिका बढी जोखिम युक्त क्षेत्रका रुपमा रहेका छन् ।
उल्लेखित क्षेत्रमा मानव क्षतिको हिसावले सडक दुर्घटना पनि सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको उनले जानकारी दिए ।
विपद् जोखिम न्यूनिकरणका लागि आवश्यक पर्ने नीति,रणनितिहरु आफै निमार्ण गर्नुपर्नेे प्रावधान अनुरुप विपद जोखिम न्यूनिकरण सम्बन्धि कार्ययोजनालाई अघि बढाइएको उनले बताए ।
हाल जिल्लाका ४ वटा स्थानिय तहहरुमा जोखिम न्यूनिकरण सम्बन्धी कार्ययोजना निमार्ण हुन उनले जानकारी दिए ।
कार्यक्रममा पत्रकार तथा मानव अधिकारकर्मी सुशिल बस्नेतले, पत्रकार गोपाल शर्मा भट्राई,गिरिराज नेपाली लगाएतले पुर्व सुचना प्रणालीलाई दुरुस्त बनाउनु पर्नेमा जोड दिएका थिए ।