२०८३ साउन ६ गते बुधवार

महाराजगञ्ज वृत्तमा एक थुनुवा र पाँच प्रहरीमा कोरोना पुष्टि

काठमाण्डौ,भदौँ ७ ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको  छ ।

गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

थुनुवा र प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अरुको पनि परीक्षण भइरहेको उनले बताए । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा पठाइएको छ ।

सङ्क्रमण पुष्टि भएका प्रहरी थुनुवाको सम्पर्कमा आएका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *