२०८१ माघ १२ गते शनिवार

बाँकेमा २१ जना उपचार पछि घर फर्किए

दाङ, भदौ ६ । बाँके जिल्लामा शनिवार २१ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार ८ महिला र १३ जना पुरुषसहित २१ जना उपचार पछि निको भएर घर फर्किएका हुन ।

उनले हालसम्म ५ सय ६८ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए । बाँकेमा कुल ८ सय ११ जनामा संक्रमण फेला परेको छ । बाहिरी जिल्लाका ४ जना समेत गरि शनिवार सम्म २ सय ३९ जनाको विभिन्न आइसोलेसन केन्द्रमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । श्रृष्ठका अनुसार हालसम्म बाँकेमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।

शनिवार १० जना संक्रमित थपिए
यसैबीच कोहलपुरवाट भदौ ४ र ५ गते १०० जनाको स्वाब संकलन गरिएकोमा शनिवार ५ जनामा र महेन्द्र बहुमुखी क्याम्पसवाट ६७ जनाको स्वाब संकलन गरिएकोमा ५ जनामा गरि १० जनामा संक्रमन फेला परेको श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *