दाङ, भदौ ६ । वितेको २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।वितेको २४ घन्टामा सुनसरी २, पर्सा ३ र बारा, सिराह, मकवानपुर र भक्तपुरमा १÷१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्र्षीय पुरुषको मृत्यु भएको हो । त्यस्तै पर्साका ६१ वर्षीय पुरुक्ष, ५८ वर्षीय पुरुष र ४८ वर्षी पुरुषको मृत्यु भएको छ ।त्यसैगरी बाराका ५८ वर्षीय पुरुष, सिरहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको पनि कोरोना संक्रमनका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार