भदौ ६ । नेपालमा बितेको २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।बितेको २४ घण्टामा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन्।
प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार