२०८१ माघ १२ गते शनिवार

यसपालीको तीज सुनसान, उल्लास कतै देखिएन

फाईल तस्बिर

तुलसीपुर, भदौ ५ । अघिल्लो बर्षको तीज तपाँई कहाँ कहाँ नाच हेर्न जानु भाथ्यो ? ती ठाउँमा कति उल्लासपूर्ण वातावरण हुन्थ्यो । रंगिविरीङ्गी फूलहरु जस्तै चेलीबेटी सजिएका हुन्थे । घर÷घर र टोल टोलमा नाच गान चल्थ्यो । तुलसीपुर क्षेत्रको त्रिशिद्धेश्वरी मन्दिर, कृष्ण मन्दिर, सितलपुर मन्दिर, जस्पुर र कटाँहामा महोत्सवकै रुपमा तीज पर्व मनाइन्थ्यो । भीतुरिया, मानपुर, विजौरीमा पनि त्यस्तै दृष्य देखिन्थ्यो । मानिसहरुको ठूलो जमघट हुन्थ्यो । नाच्ने गाउनेहरुले पालो पाउन पनि मुस्लिक पर्ने अवस्था हुने गर्दथ्यो ।

तर यसपाली ती सबै ठाउँहरु सुनसान थिए । कतै नाच गान भएन । ती ठाउँहरुमा एक किसिमको सन्नाटा थिाये । त्यसैले यसपालिको तीज उल्लासमय बनेन । तीजमा पनि गाउँ बस्ति सुनसान हुनुको कारण एउटा मात्रै हो । कोरोना भाइरसको त्रासदी । कोरोना भाइरसकै कारण यो वर्ष स्थानी प्रशासनले समेत सार्वजनिक ठाउँमा भेला हुन र नाचगान नगर्न खवरदारी गरेको थियो ।

बेलुकी सात बजेपछि एक किसिमको कफ्र्यू नै जारी गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस समुदायमा फैलिन नपावस भनेर स्थानीय प्रशासनले सावधानी अपनाएको हो । प्रशासनको आग्रहलाई सचेत नागरिकले समेत आत्मसाथ गरेर साथ दिए । यो तीजमा यसपाली कोहीपनि सार्वजनिक ठाउँमा जमघट र भेला भएनन् । चेलीबेटी पनि सावधानी पूर्वक घर घरमै बसेर तीज मनाए ।

त्यसैले तीज सुनसान बन्न पुगेको हो । कोरानालाई जित्न सबैको सामुहकि प्रयासको खाँचो आवश्यक पर्छ । बाँचे अर्कौ साल फेरि उल्लास पूर्वक तीज मनाउन सकिन्छ । प्रशासनले गरेको खवरदारी र सर्वसाधारणले देखाएको धैर्यता भविस्यमा पनि मनन् गर्न आवश्यक छ ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *