
दाङ, भदौ ५ । नेपालमा शुक्रबार ८ सय ३८ जनामा कोरोना संक्रमन फेला परेको छ । संक्रमित मध्य ५४६ पुरुष र २ सय ९२ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार सम्म संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको नियमित पत्रकार सम्मेनमा जानकारी दिए ।
त्यसमध्य १८ हजार २ सय १४ जना उपचार पछि निको भएर घर फर्कि सकेका छन् । शुक्रवार मात्रै २ सय ५० जना उपचार पछि घर फर्किका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको डा. गौतमले बताए । त्यस्तै शुक्रवार १० पुरुष र १ महिला गरि ११ जनाको मृत्यु भएको छ ।
प्यूठान, काठमाडौं, मोरङ, ललितपुर, चितवन, मोरङ, पर्सा, बारा, सर्लाही, सप्तरी, र मकवानपुर जिल्लामा वितेको २४ घन्टामा १÷१ जना गरि ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. गौतमले जानकारी दिए ।
शुक्रवार सम्म नेपालमा कोरोनावाट मृत्यु हुनेहरुको संख्या १ सय ३७ पुगेको छ ।