भदौ ५ । आज हरितालिका तीज पर्व भगवान महादेवको पूजा आराधना गरी मनाइँदैछ । प्रत्यक भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तिज पर्व आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।
आज शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने गरिन्छ । तर यो वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै आज पशुपति मन्दिर लगाएत देशभरका शिवालय मन्दिरहरु बन्द गरिएका छन् ।
प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार