२०७८ जेष्ठ ४ गते मङ्गलवार

बाँकेमा १७ आर्मीसहित २४ जनालाई कोरोना पुष्टि


दाङ, भदौ ५ । बाँके जिल्लामा बिहीवार २४ जनालाई कोरोना संक्रमन पुष्टि भएको छ ।त्यसमध्य १७ जना नेपाल आर्मी, एक जना नर्स, एकजना समुदायका व्यक्ति र अरु ५ जना क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु रहेका छन् ।बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कौशिला नगर व्यारेकमा कार्यरत १७ जना आर्मीलाई कोरोना पुष्टि भएको छ ।

बिहीवार भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणका क्रममा उनीहरुलाई संक्रमन पुष्टि भएको हो ।
यो संगै बाँके जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ८७ पुगेको छ । जसमध्य ४ सय ९६ जना उपचार पछि घर फर्किसकेका छन् भने २ सय ८७ जना उपचाररत रहेका छन् । हालसम्म बाँकेका कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *