२०८१ माघ ११ गते शुक्रवार

लमहीमा गुडिरहेको एम्बुलेन्सवाट लडेर घाइते महिलाको मृत्यु

तुलसीपुर, भदौ ४ । दाङमा गुडिरहेको एम्बुलेन्सवाट लडेर एक महिलाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाही निवासी ३५ बर्षीया कमला बिकको उपचारका क्रममा काहेलपुर मेडिकल कलेजमा बुधवार राति पौने ९ बजेतिर मृत्यु भएको छ ।वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक प्रज्वल थपलियाले विक गुडिरहेको भे १ च १६४५ नम्बरको एम्बुलेन्सवाट बुधवार पौने ६ बजेतिर लडेको जानकारी दिए ।

बाँकेवाट उपचार पछि घर फर्किदै गरेकी विक लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा गुडिरहेको एम्बुलेन्सवाट घाइते भएपछि सोही एम्बुलेन्सले उपचारका लागि फेरि कोहलपुर पुर्याएको थियो । गुडिरहेको एम्बुलेन्सको पछाडिको ढोका आफै खुलेपछि उनी सड्कमा बजारिएकी थिइन । दूर्घटना भन्दा केही समय पहिले बनघुस्रीमा बाँकेवाट संगै आएका केही मासिन झरेका थिए । उनीहरु झर्दा ढोका राम्रो संग लागेको थिएन ।

चालक पनि ढोका लगाउन झरेनन् । एक्लै भएपछि विक ढोकामै अडेस लागेर बसेकी थिइन । त्यही क्रममा एक्कासी ढोका खुलेपछि उनी सडकमा बजारिन पुगेकी थिइन । पछिल्लो समय विकपनि बनघुस्रीमै बस्दै आएकी थिइन । विक बस्ने घर नजिकै उनी त्यसरी दूर्घटनामा परेको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *