दाङ, भदौ ३ । बाँकेमा बुधवार १३ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित सबै समुदायकै व्यक्तिहरु हुन । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा बैजनाथ गाउँपालिका वडा नं. २ की २९ बर्षीया महिला, कोहलपुर नगरपालिका वडा नं. ११ का ६ बर्षदेखि ३० बर्ष सम्मका ८ जना संक्रमित फेला परेका छन् ।
१०, ८ बर्षका बालक र ६ बर्षीया बालिकामा पनि संक्रमन फेला परेको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै राप्ती सोनारी गाउँपालिका वडा नं. ८ का ३१ बर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ८ बर्षीय एक बालक र ३० बर्षीया महिला र नेपालगञ्जकै ५५ बर्षीय पुरुषमा पनि कोरोना संक्रमन फेला परेको छ ।
यो संगै बाँकेमा कोरोना संक्रमित हुने कुल संख्या ७६३ जना पुगेको छ । त्यसमध्य ४६८ जना उपचार पछि घर फर्कि सकेका छन् भने २९१जना उपचाररत रहेको श्रेष्ठले बताए ।
हालसम्म बाँकेमा ४ जना संक्रमितको मृत्यु भएको छ ।