काठमाडौं, भदाै ३। बुधबार देशका विभिन्न ठाउँमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित पुष्टि भएको हो। यो संगै नेपालमा अहिले सम्म कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ। हालसम्म ५ लाख ५४ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। त्यस्तै अहिले सम्म १२० जनाको कोरोना बाट मृत्यु भएको छ।
प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार