काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा मंगलवार निधन भएको छ।
अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको हो । उनी केही समयदेखि बिरामी थिए।
राष्ट्रकवि घिमिरेको अन्त्येष्टि बुधबार गरिने भएको छ । अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको छ ।
सेनाले सम्मान गारतका साथ उनको अन्तेष्टि गर्ने भएको छ । सेनाको मानार्थ सहायकरथी समेत रहेका उनलाई १ हजार १ सय ११ जनाको टुकुडीले सम्मान गर्ने चलन सेनामा छ।
प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार