२०८१ माघ १२ गते शनिवार

एकैदिन १ हजार बढी संक्रमित थपिए, ८ जनाको मृत्यु


दाङ, भदौ २ । नेपालमा मंगलबार कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन् । यतिधेरै संक्रमित एकै दिन थपिएको यो पहिलो घटना हो । हालसम्म नेपालामा कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यसमध्य १७ हजार ५ सय ८० जना उपचार पछि घर फर्किएका छन् । मंगलवार सम्म देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेको डा. गौतमले बताए । त्यस्तै वितेको २४ घण्टामा ८५ जना संक्रमित उपचारपछि घर फर्किएको डा. गौतमले बताए । वितेको २४ घण्टामा ८ जनाको कोरोना संक्रमनवाट मृत्यु भएको छ । यो संगै नेपालमा कुल ११५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *