दाङ,भदौँ २ । दाङमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँ निवासी ७ वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
भालुबाङबाट लमही आउँदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो। ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
तीब्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार