२०८३ साउन १ गते शुक्रवार

पोखरामा मंगलवार कोरोनाबाट दूई जनाको मृत्यु

पोखरा, भदौ २ ।  पोखरामा मंगलवार कोरोना भाइरसबाट दूई जनाको मृत्यु भएको छ । पोखराका एक ८७ बर्षीय पुरुष र तनहुँकी एक ५० बर्षीया महिलाको मृत्यु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का ८७ बर्षीय जेष्ट नागरिकको मंगलवार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

साउन ३२ गते अस्पालमा भर्ना भएका उनमा उच्च ज्वरो तथा श्वास प्रश्वासमा समस्या रहेको थियो ।

अन्तिममा उनलाई उच्च रक्तचाप, मधुमेह, मृगौला लगायतका समस्या देखिएका थिए ।

सोमबार मात्रै उनलाई कोभिड–१९ उपचार केन्द्रको आइसियुमा भर्ना गरिएको थियो ।

त्यस्तै मंगलवार नै पोखरामै उपचाररत तनहुँकी एक महिलाको पनि मृत्यु भएको थियो । तनहुँको व्यास १ अम्रेनीका ५० बर्षीया ती महिलामा निमोनिया, सुगर, प्रेसर र मुटुको समस्या देखिएको थियो ।

उनी साउन ३१ गते उपचारका लागि कास्की सेवा अस्पतालमा भर्ना भएकी थिइन । आइतबार स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६५ जना पुगेको छ । हाल आइसोलेसनमा २ सय ८ जना संक्रमित रहेका छन् ।

 

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *