तुलसीपुर,भदौँ,२ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा न्युन आयस्रोत भएका जेष्ठ तथा एकल महिलाहरुलाई कपडा सहयोग गरिएको छ ।
तुलसीपुर नगर जेसीजको आयोजना तथा तुलसीपुर – ८ का (हाल अमेरिका निवासी)सुबास भट्टराई र समाजसेवी उत्तमकुमार श्रेष्ठको आर्थिक सहयोगमा मंगलवार तुलसीपुर – ८ दुधेना स्थित नयाँ बस्तीका न्यून आर्थिक अवस्था भएका जेष्ठ तथा एकल २१ जना महिलालाइ तिजको अवसरमा कपडा तथा रकम हस्तान्तरण गरिएको हो ।
तुलसीपुर नगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी मोहन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष बेद बहादुर केसीले यस्ता खालका सहयोगले एकल जीवन बिताइरहेका महिलालाई आत्मनिर्भर बन्न प्रेरणा मिल्ने र उनीहरुको आत्मविश्वास पनि बढ्ने बताए ।
कार्यक्रममा सहयोगी सुबास भट्टराईका बुवा मिनराज भट्टराई÷आमा मनकला भट्टराई, वडा सदस्यहरु आदरणीय पबित्रा काफ्ले, इन्द्रजित चौधरी लगाएतले उपस्थिती रहेको थियो ।
सो अवसरमा तुलसीपुर नगर जेसिजका पुर्ब अध्यक्ष जेसि झरेन्द्र खरेल, सहयोग दाता मीनराज भट्टराई लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक जेसि नेत्रलाल भट्टराई ( नारायण ) को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जेसीज वर्ष २०२० का महासचिव जेसि केशवराज केसीले गरेका थिए ।