२०८१ माघ १२ गते शनिवार

काँग्रेस जिल्ला उपसभापतिको कोरोनावाट मृत्यु

काठमाडौं, भदौ २ ।  नेपाली कांग्रेसका एकजना जिल्ला उपसभापतिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

पश्चिम नवलपरासीका काँग्रेस जिल्ला उपसभापति सुवास गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको छ ।

गिरी विजयकुमार गच्छदारको फोरमका जिल्ला नेता गिरी फोरम कांग्रेसँग मिसिएपछि उपसभापति भएका थिए। गिरीलाई गत शुक्रबार बुटवलबाट पाटन अस्पताल रेफर गरिएको थियो।

स्वासप्रश्वासमा समस्या भएपछि नेता गिरीलाई सोमबार भेन्टिलेटरमा राखिएको थियो।

मंगलबार एकाएक उनको मुटुको धड्कनमा समस्या उत्पन्न भएर लगत्तै उनको मृत्यु भएको अस्पताल प्रशासनने जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ।

 

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *