चितवन, भदौ २ । चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण फेला परेको छ । राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण फेला परेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको हो ।
यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण फेला परेको थियो । चितवनमा सोमवार रातिको पिसिआर परीक्षण अनुसार सशस्त्र प्रहरीका ४२ सहित ५० जनामा कोरोना संक्रमन फेला परेको छ । सशस्त्र प्रहरी बाहेक भरतपुर महानगरपालिकाका ४ जना, बाराका २ जना तथा मकवानपुर र गोरखाका १÷१ जनामा संक्रमन फेला परेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार