दाङ, भदौ २ । बाँकेमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६२ बर्षीय एक पुरुषको उपचारका क्रममा सोमवार राति पौने १२ बजेतिर मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । सोमबार दिउँसो मृतकको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो ।
साउन ३० गते लक्षणसहितको ज्वरो आएको भएपनि ती व्यक्ति साउन ३२ गते मात्रै अस्पतालमा भर्ना भएका थिए । अन्तिमा उनलाई फोक्सोमा निमोनिया देखिएको थिायो । स्वास्थ्य स्थिति बिग्रंदै गएर उनको मध्य रातमा मृत्यु भएको श्रेष्ठले बताए । यो संगै बाँकेमा चार जना कोरोना पोजेटिभको मृत्यु भइसकेको छ । यसअघि बैजनाथ गाउँपालिका ६ निवासी ४६ वर्षीया एक महिला, कोहलपुर नगरपालिका २ की ७० वर्षीया अर्की एक महिला र नरैनापुर गाउँपालिका ५ मा २५ वर्षीय एक युवाको कोरानाका कारण मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
बाँकेमा हालसम्म कुल संक्रमितको संख्या ७ सय ३८ पुगेको छ । त्यसमध्य चार सय ६८ जना उपचार पछि घर फर्किएका छन् । सोमवार १३ जना डिस्चार्ज भएको श्रेष्ठले बताए । अब बाँके जिल्लामा आइसोलेसनमा दुई सय ६३ जना उपचाररत रहेको श्रेष्ठले जानकारी दिए । यो संगै नेपालमा मृत्यु हुनेको संख्या १०९ पुगेको छ ।