२०८१ माघ १२ गते शनिवार

बलात्कार गरेको आरोपमा कालीमाटीका एक युवा पक्राउ

दाङ, भदौ १ । एक महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा सल्यानमा एक युवा पक्राउ परेका छन् ।
कालिमाटी गाउँपालिका वडा नं. २ निवासी २५ बर्षीय लोकराज परियारले स्थानीय एक २६ बर्षीया महिलालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

साउन ३० गते बेलुकी ६ बजेतिर परियारले कालिमाटी गाउँपालिका वडा नं. ३ पानीखोला जंगलको गोरेटो बाटो हुँदै ध्वाँलाकाँडा तर्फ जाँदै गरेकी ती महिलालाई जवरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आरोपित परियारलाई प्रहरीले साउन ३१ गते राति साढे १० बजेतिर सुकीदहवाट नियन्त्रणमा लिएको थियो । सल्यान जिल्ला अदालतवाट म्याद थप भइ परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *