तुलसीुर, भदौ १ । तीज नेपाली महिलाहरुको महान पर्व हो । नारी स्वतन्त्रको प्रतिक मानिने यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको मौलिक पर्व पनि हो । चेली तीजमा माइती आउने, राम्रो लाउने र मिठो मसिनो खाने पर्व पनि हो । तर यतिखेर कोरोना भाइरसको कहर सर्वत्र छ । यस्तो परिस्थितिमा सूचनाको क्षेत्रमा क्रियासिल दाङका महिला पत्रकारहरुले तीज कसरी मनाउने योजना बनाएका छन् ? विभिन्न सञ्चारमाध्यममा आवद्ध महिला पत्रकारसंग सहकर्मी यमकला भुसालले गरेको कुराको सारसंक्षेप ।
पत्नि वर्त बसेर पतिको आयू बढ्दैन
लिला शाह
उपाध्यक्ष,नेपाल पत्रकार महासघं दाङ ।
तीज नेपाली महिलाहरुको महान चाड हो । तर अहिलेको विसम परिस्थितमा सुरक्षित रहन जरुरी छ । त्यसैले आफ्नै घरमा परिवारसंगै बसेर म सबै दिदी बहिनीहरुलाई पर्व मनाउन म आग्रह गर्छु । अहिले विगतका वर्षहरुमा जस्तै एकै ठाउँमा भेला भएर मनाउने अवस्था छैन । आफै अरुलाई सूचना सम्प्रेशन गर्ने व्यक्तिले सार्वजनिक रुपमा मनाउने कार्यक्रम तय गर्नु गलत हो । फोनबाटै शुभकामना आदानप्रदान गर्न सकिन्छ । कारोना महामारीको जटिल परिस्थितिमा महिला पत्रकारले चेतनामुलक र सन्देश मुलक तरिकाले तीज मनाउन आवश्यक छ ।
हामीले अरुलाई प्रवाह गर्ने सन्देश अनुसरनिय हुनुपर्छ । अर्को कुरा धेरै महिलाहरु श्रीमानको दिर्घायूको लागि तिजमा वर्त बस्ने गर्छन । तर म श्रीमानका लागि होइन आफ्नै लागि वर्त बस्ने गर्छु । किनकी वर्त बसेर मेरो श्रीमानले गोडाको पानी खान पनि दिनुहुन्न । वर्तले कसैको आयु बढ्दैन पनि । महंगा गहना , कपडा लगाएर कसैले हामीलाई हेर्दैन । हामीले अर्को महिलालाई हिन्तावोध नहुने गरि तडक÷भडक नगरेर तीज मनाउन जरुरी छ ।
म घरमै बसेर तीज मनाउने सोचमा छु
सुलोचना गौतम
प्रकाशक,गोरक्ष राष्ट्रिय दैनिक ।
यस बर्षको तीज पहिलेका तिज भन्दा अलि फरक रहनेछ भन्ने मैले बुझेकी छु । अहिले बिश्वमै फैलिरहेको कोभिड–१९ का कारण महिलाको स्वतन्त्रताको चाड फिक्का हुने कुरामा बिकल्प देखिन्न । अघिल्ला बर्षहरुमा जस्तो तामझाम हुने वाला छैन । दिदिबहिनी,साथी÷संगीहरुसगं जमघट गरेर दर खाँदै नाचँगान गरेर मनाउने अवस्था यसपाली छैन । माइती जाने नसक्ने अवस्था आउन सक्छ । परिस्थिति संग चल्नु बुद्धिमानी हो । मैले यो वर्ष आफ्नै परिवारसगं घरमै बसेर सासू ÷आमासगं दर खाएर नाँचगान गरेर मनाउने सोचेकी छु । अन्य सबै दिदी बहिनीहरुलाई पनि म यही आग्रह गर्छु ।
ब्रत बस्ने हकमा म प्रत्येक बर्ष बस्छु । बिहे नहुदै पनि बस्ने गर्थे । कतिपयले यसलाई रूढिबादी संस्कारको रूपमा लिने गर्छन । तर मलाइ कुनै रोक दवाब छैन । म आफ्नो मनको मालिक हो । ब्रत बस्नुमा बैज्ञानिक पक्ष पनि छ । भगवान प्रतिको आस्थापनि छ । साथै हप्तामा एकदिन पेट खाली राख्दा स्वास्थ्यलाइ पनि फाइदा पुग्छ । त्यसकारण म व्रत पनि बस्छु ।
परम्पराका नाममा लहड्मा तीज मनाउन हुन्न
लक्ष्मी आचार्य
अध्यक्ष, पत्रकार महिला मञ्च दाङ ।
तीज महिला विशेष पर्वको रुपमा स्थापित भए पनि अहिले के महिला के पुरुष सबैलाई छोएको छ । धार्मिक साँस्कृतिक सामाजिक हिसाबले तीजको विशेष महत्व छ । होडवाजीको रुपमा मनाउनु गलत हो । मेरो व्यक्तिगत कुरा गर्दा मलाई तीजको धार्मिक पक्षले कहिल्यै आकर्षित गरेन । तीज पर्वमा जुन कुरालाई केन्द्रमा राखेर ब्रत बस्ने, पूजा गर्ने गरिन्छ त्यसप्रति मलाई कहिल्यै विश्वास लागेन । अरुका विश्वास र आस्थाप्रति मेरो सम्मान छ । तर महिलाहरुले आफूले गर्ने हरेक कर्म लहलहैमा, डरैडरमा र परम्पराका नाममा अन्धविश्वासमा टेकेर नगरुन् ।
आलोचनात्मक चेत प्रयोग गरौं । परिवार र समाजमा एक अर्काबीच समान उच्च मानवीय भावनाको आवश्यकताबोध गरौं ।
(तीज या अरु बेला बसिने ब्रत र पूजामा समेत) भन्ने हिसाबले सचेत भएदेखि सकेको आवाज उठाउने गरेकी छु । तीजको साँस्कृतिक तथा सामाजिक पक्ष मेरा लागि सँधै प्रिय छ । आमा हुँदासम्म तीजमा सँधै नै आमासँग भइयो । आमा नरहनुभएपछि दिदीबहिनी एक ठाउँमा हुन्छौं । दिदी बहिनी भेटघाट हुन्छ । कहिलेकाहीँ बालापनका साथीहरु भेट्ने मौका पनि तीजले दिन्छ ।बस्नेहरु ब्रत बस्ने, पूजा गर्ने सबै प्रचलन छ । नाचगानमा समावेश भइन्छ । यो वर्ष भने यो हुँदैन होला ।
तीजको ब्रतभित्र विशेष आग्रह बोकेको ब्रत म बस्दिन । म मेरा श्रीमान्को दिर्घायुका लागि उहाँको काम र जिम्मेवारीमा हिस्सेदार बन्ने प्रयत्नमा जोड दिन्छु । श्रीमान् श्रीमती मालिक र सहयोगी होइनन् । उनीहरुबीच समभाव, सहकार्य र एक अर्काप्रतिको समर्पण नै सुखद तथा दीर्घ जीवनका सूत्र हुन् भन्ने ममा विश्वास छ ।
तीज जस्ता पर्वमा यी सन्देश धार्मिक कोणबाट पनि आउन सके कति राम्रो हुन्थ्यो भन्ने लाग्छ । यो भन्दै गर्दा म ब्रत विरोधी होइन । तर ब्रतले राम्रो नराम्रो जे गर्छ स्वयंंलाई गर्ने हो । कुनै पनि ब्रतका नाममा, पूजाका नाममा महिलालाई आत्मसम्मानको तिलाञ्जली दिन, दमित मानसिकता विकास गर्न, आपूmलाई कमसल दोस्रो दर्जाको मान्छे स्वीकार गर्न सिकाउने सबै कर्मकाण्ड रोकिनु पर्छ भन्ने नै लाग्छ ।
यो वर्ष कोरोनावाट बचौं,अर्कौ बर्ष तीज उल्लासपूर्वक मनाउँला
बसुन्धरा गौतम
बिबीसी दाङ सम्वांददाता ।
म हरेक वर्ष सामान्य तरिकाले तीज मनाउने गर्छु । तर, मैले तीज भनेर विशेष कहिलै केही गरिन । न नयाँ लुगा ,न त नयाँ कुनै चिज नै किने । मैले थाहा पाउने भएदेखि जे जस्तो अवस्थामा छु त्यही अवस्थामै तीज मनाउने गर्छु । अरु वर्ष आमा, दिदी बहिनी,साथी संगीलाइ भेटेर तीज मनाइन्थो । यसपाली त्यो परिस्थिति रहेन । नाचगान गर्न नआएपनि मलाई रमाइलो गर्न मन पर्छ । यस्तो महामारीका वेला सुरक्षित रहनु नै बुद्धिमानी हो । कोरोनाको कहरबाट बच्न सके अर्कौ बर्ष तीज फेरि मनाउन सकिन्छ ।म सानैदेखी बस्दै आएको बर्त स्वास्थ्य र धार्मिक सबै हिसावले महत्पवूर्ण लाग्छ । वर्तले मनमा शान्ति मिल्छ । आत्ममा शुद्ध हुन्छ ।
त्यसैले म ब्रत बस्छु । तर पूजा चाँही गर्दिन । बिबाह नहुँदा त पूजापनि गरिन्थ्यो । बिबाह पछि घरमा तीजको पूजा गर्नुहुदैन भन्ने रहेछ । त्यसैले मैलेले गर्दापनि मैले पूजा गर्दिन । यसपाली घरमै परिवारसगं बसेर आफनो दैनिकी काम गर्ने,ब्रत वस्ने अनि दर खाएर तीज मनाउने तयारीमा छु ।
जन्मसँगै पाएको संस्कार संस्कृति छोड्न हुँदैन
सर्मिला डिसी
सह–सचिव नेपाल पत्रकार महासघं दाङ ।
हिन्दु नारीहरुको महान पर्व तीज घर आगनमा आइसकेको छ । तर दुर्भाग्य नै ,यो वर्ष कोभिड–१९ कारण भयावहको अवस्था छ । त्यसैले धेरै जना भेला हुने बेला छैन । भेला भएर खाने रमाउने ,घुम्ने भन्दा बढी सतर्कता अपनाउनु पर्ने अवस्था छ । यसवर्ष बुवाआमा लगाएत परिवारका सदस्यहरुसंगै बसेर सुरक्षित तरिकाले तीज मनाउने तयारीमा छु ।
विगतमा जस्तै सवै जम्मा भई ठाँउ–ठाँउमा दर खान जाने,नाचँगान गर्ने अवस्था अहिले छैन । ठूलो कुरा स्वास्थ्य नै हो । बाँचे अर्कौै बर्ष तीज मनाउन पाइन्छ । त्यसैले सबै दिदी÷बहिनी सुरक्षित रहन आग्रह गर्छु ।पछिल्लो समय संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । त्यसले मौलिकता हराउने चिन्ता भइरहेको छ । मान्छे जति आधुनिक भएपनि उसले जन्मसँगै पाएको संस्कार संस्कृति छोड्न हुँदैन । परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै पर्व मनाउनु पर्छ । पर्वहरु भव्य भन्दा पनि सभ्य तरिकाले मनाउन जरुरी छ ।