रुपन्देही,भदौ १ । घरको छतबाट खसेर रुपन्देहीमा एक युवाको मृत्यु भएको छ । सिद्धार्थनगर भैरहवाका २३ वर्षिय युवा बिकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ । उ
उनी गएराति २ः३० बजे आफ्नो घरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खसेका थिए ।
घाइते जैसवालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका जैसवाललाई उपचारको लागि भैरहवास्थित यूनिभर्सल मेडिकल कलेज लगिएको थियो ।
उपचारको क्रममा उनको सोमवार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, दाङका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार