दाङ, भदौ १ । कपिलबस्तुमा पानीको नाला सफा गर्ने विषयमा भएको विवाद पछिको झगडाको एकजनको ज्यान गएको छ भने थप दूई जना घाइते भएका छन् ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ८ निवासी ७० बर्षीय हरिराम पासीको मृत्यु भएको छ भने ६० बर्षीया सुभाबती पासी र २० बर्षका सोनु पासी गम्भीर घाइते भएका छन् ।
प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवराका अनुसार उनीहरुको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोटपटक लागेको छ । घाइतेहरुको उपचार भैरहवामा भइरहेको एसएसपी बैदवारले जानकारी दिएका छन् ।
आइतवार दिउँसो पौने ३ बजेतिर पानीको नाला सफा गर्ने विषयमा मृतक हरिराम र घाइते सोनुका बीच स्थानीय २२ बर्षीय अनिल चमारसंग झैंझगडा पछि कुटाकुट भएको थियो ।
त्यो झगडा पछिको कुटपिटमा चमारको परिवारका सबै मिलेर पासी परिवारमाथि जाइलागेका थिए ।
प्रहरीका अनुसार कुटपिटमा संलग्न ३० बर्षीय बिजय चमार, १९ बर्षीया माया चमार, २५ बर्षीया सरिता चमार,६१ बर्षीय बेकर चमार र ६४ बर्षीया चुकुनी चमारलाई पनि पक्राउ गरिएको छ ।
उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।