२०८१ माघ १२ गते शनिवार

सोमबारदेखि त्रिभुवन विश्वविद्यालय बन्द

काठमाडौँ,भदौँ १ । विश्वव्यापी महामारीको रुपमा फैलिएको ( कोभिड–१९) को संक्रमण बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले भदौ १ गतेदेखि सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

सबै कर्मचारी कार्यालय प्रमुखको सम्पर्कमा बस्ने र अनलाइनबाट काम गर्न मिल्ने भए सोही अनुसार गर्ने विश्वविद्यालयले आइतबार गरेको निर्णयमा उल्लेख छ।

निर्णय अनुसार भदौ १५ सम्म कार्यालय बन्द रहनेछ। सूचना अधिकारी सूर्य अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार अस्पताल तथा अति आवश्यक सेवा सम्बन्धी काम भने सुचारु हुनेछ।

सरकारले भने अनुसार विश्वविद्यालयले शुक्रबारबाट पचास प्रतिशत मात्रै कर्मचारी बोलाएर काम गरिरहेको थियोे।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *