२०८१ माघ १२ गते शनिवार

छुट्टाछुट्टै घटनामा दाङको देउखुरीमा दूई जनाको मृत्यु

तुलसीपुर, भदौ १ । छुट्टाछुट्टै घटनामा परि दाङको देउखुरीमा दूई जनाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका वडा नं. १ रंसिङ खोलामा डुवेर अन्दाजी ३२ बर्षीय बेगम कामीको मृत्यु भएको छ ।

उनी आइतवार बेलुका ६ बजेतिर घरवाट कपडा धुन भनेर खोलामा गएका थिए ।

प्रहरीले घटनावारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

त्यस्तै लमही नगरपालिका वडा नं. १ स्थित नर्ति सामुदायिक वनका एकजना जेष्ट नागरिक मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मृतक स्थानीय ७१ बर्षीय बलिभद्र खनाल हुन ।

खनाल घरवाट साउन ३१ गते बेलुका ५ बजेतिर राप्ती गाउँपालिका वडा नं. ५ सिंगेस्थित आफन्तको घरमा जान्छु भनेर निस्केका थिए ।

खनाल विहान सम्मपनि आफन्तको घरमा नपुगेको सूचनाका आधारमा खोजी गर्ने क्रममा उनी साउन ३२ गते साढे ७ बजेतिर जंगलमा मृत अवस्थामा फेला परेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *