२०८३ कार्तिक २७ गते बिहिवार

अदालतले झन्डै ४ बर्ष कैद सुनाएका फरार व्यक्ति पक्राउ

दाङ, साउन ३२ । जवरजस्ती करणी मुद्दामा अदालतले करिव ४ बर्षको कैद फैसला तोकेका फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ निवासी २२ बर्षीय मोहन विक्रम शाहीलाई प्रहरीले साउन २७ गते पक्राउ गरेको छ ।

डुडुवा ५ कै एक १२ बर्षीया बालिकालाई जवरजस्ती करणी अभियोगमा शाहीलाई बाँके जिल्ला अदालतले यसअघि नै ३ बर्ष ११ महिना १६ दिन कैद सजाय तोकेको छ । शाहीले २०७२ साल कात्र्तिक ७ गते ती १२ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा मुद्दा दायर भएको थियो ।

पक्राउ परेका शाहीमाथि आवश्यक अनुसन्धान भइरहेको र उनलाई तोकिएको सजाय भुक्तान गर्नको लागि अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *