सुर्खेत, साउन ३२ । कालिकोटमा खोलाले बगाउँदा आमासहित तीन सन्तानको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ७ मा रहेको दुदुली खोलाले बगाउँदा अछामको पञ्चदेवल विनायक नगरपालिकाव वडा नं. ९ तानकोटबाट माइत आएकी ३३ वर्षीया देवा बोहोरासहित उनकी १४ वर्षीया छोरी विपना बोहरा, चार वर्षीय छोरा हेमन्त बोहोरा र एक वर्षीया छोरी आकृति बोहराको मृत्यु भएको छ ।
बोहोरा आफ्ना छोरा छोरीसहित शनिबार बेलुका माइती घरबाट दिदी रामपुरा बुढाको उच्छव गाउँमा रहेको घर जाने क्रममा दुदुली खोलाले बगाएको थियो ।देवा अछामबाट साउन २९ गते छोराछोरीसहित आमाको तिथि मान्न भनेर कालिकोटस्थित माइती घर आएकी थिइन ।
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार