२०८१ माघ १२ गते शनिवार

चितवनमा चिकित्सक र नर्ससहित २८ जनामा कोरोना

चितवन,साउन ३२ । चितवनमा थप २८ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत रहेका छन् । संक्रमितमध्ये भरतपुर अस्पतालका चिकित्सकसहित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु छन् ।

भरतपुर अस्पताल कोभिड(१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्टमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन्।

यस्तै रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वरेण्टीनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर ५ र १२ का ३ पुरुष र एक महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन् ।

त्यसैगरि खैरहनी नगरपालिका वडा नम्बर ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना क्वरेण्टीनमा थिए । शनिबार ४ सय ७४ नमुना परीक्षण गरिएकोमा ४ सय ४६ वटा नमुनाको नतिजा नेगेटिभ आएको छ ।

क्यान्सर अस्पतालका पाँच जना नर्स पनि संक्रमित भएपछि होम क्वरेण्टीनमा बस्न मिल्नेलाई घरमा र नमिल्नेलाई अस्पतालकै आइसोलेशनमा राखिने क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर देजकुमार गौतमले जानकारी दिए । को

रोनाको संक्रमण बढ्दै गएपछि भरतपुर महानगर क्षेत्र भित्र निषेधाज्ञा जारी छ । भदौ ५ गतेसम्मका लागि लागू गरिएको निषेधाज्ञापछि बजार क्षेत्र सुनसान छन् । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा निगरानी बढाइएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *