काठमाडौँ,साउन ३१ । शनिबार नेपालमा कोरोना भाइरसका थप चार सय ६८ जना संक्रमित भेटिएका छन्।
११ हजार २७ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
अब नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ।
देशभर पाँच सय २३ जना होम आइसोलेसनमा बसेको उनले जानकारी दिए।
एक सय २४ जना विगत २४ घण्टामा निको भएर घर फर्किएका छन्। साथै कोरोनाबाट नेपालमा अहिलेसम्म १०२ को मृत्यु भएको छ।
प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार