तुलसीपुर, ३१ साउन । दाङको तुलसीपुरमा शनिवार थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा २ महिला र ७ पुरुषमा कोराना पुष्टि भएको हो ।
संक्रमित सबै भारत लगायत तेस्रो मुलुकबाट आएका रहेको तुलसीपुर उपमहानगरपालिकाको कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
तुलसीपुर–१ , ४, ८, ९, १४ का १÷१ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर १५ का २ जनामा संक्रमण पुष्टि भएको हो ।
उनिहरुमध्ये ८ जना सेन्टर मावि क्वारेन्टाइनमा बसेका थिए भने १ जना राप्ती लाईफ केयर क्वारेन्टाइनमा बसेका थिए ।
उनिहरुलाई बेलझुण्डीको कोरोना विषेश अस्पतालमा पठाईने फोकल पर्सन केसीले जानकारी दिए । ।
यससंगै तुलसीपुरमा कुल संक्रमितको संख्या ७७ पुगेको छ ।
उनिहरुमध्ये ६२ जना निको भएर घर फर्किएका छन् । साउन २८ गते १ सय ५२ जनाको स्वाब परिक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले बताए ।