२०७८ बैशाख २८ गते मङ्गलवार

बाग्लुङमा पहिरोले घर पुरिँदा दुई बालक र वृद्धाको मृत्यु

बाग्लुङ,साउन ३१ । बाग्लुङमा शुक्रबार राति अविरल वर्षासँगै आएको पहिरोले निसीखोला गाउँपालिकामा घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।

कारीगाउँमा बालको र धारखर्कमा एक वृद्धाको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

निसीखोला गाउँपालिका(५ कारीगाउँमा स्थानीय हिराबहादुर विकको घर भत्किएर पुरिँदा उनका १३ वर्षीय छोरा देवेन्द्र र ६ वर्षीय नाती प्रवेशको ज्यान गएको हो। पहिरोमा परी विककी श्रीमती ५३ वर्षीया बिलसरा विक घाइते भएकी छिन् ।

उनको उद्धार गरी उपचारका लागि झिवाखोला पठाइएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिए। घरको माथिल्लो तलामा सुतेका परिवारका अरु भने सकुशल छन् ।

यसैगरी, वडा नम्बर ३ को धारखर्कमा पहिरोले पुरिएर एक महिलाको पनि ज्यान गएको छ ।

निरन्तरको वर्षापछि घर माथिबाट आएको पहिरोले घर भत्किँदा स्थानीय जुठे कामीकी श्रीमती ७२ वर्षीया वली कामीको मृत्यु भएको निसीखोला गाउँपालिका–३ का वडा अध्यक्ष जुनविक्रम शाहीले जानकारी दिए ।

निसीखोलामा केही दिनअघि पनि पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको थियो ।

 

 

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *